समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Saturday, June 29, 2013

खालि फेसबुक र ट्वीटर नेता भएन भनेर बिलौना गर्दैमा कहाबाट आउछ नेता??

कहाँबाट आउँछ नेता ? आकाशबाट आउँछ नेता ? कि तुरे तुरान, कोरे भोलन, घई साहब र स्वीट लिप्सहरूको सेमिनारबाट उत्पन्न हुन्छ नेता ? कि जनता तर्साएर गरिने नेपाल बन्दको दिन खाली सडकको मुनिबाट उत्पन्न हुन्छ नेता ? जमिन मुनिबाट सीता माता उत्पन्न हुने युग होइन यो । यो कलियुग हो । यस युगमा राजनीतिक नेता जन्मने कुनै तेस्रो बाटो नै हुँदैन । अबदेखि नेता भएन नभन्नुस्, नियमित आवधिक निर्वाचन भएन भन्नुस । प्रस्ट स्वरले त्यति भन्न सक्नुभयो भने नेता आफैं आउँछ । त्यति भन्न सक्नुहुन्न भने ऋषि धमलाजी जसका छेउमा देखिनुहुन्छ, उसैलाई नेता मान्नुस । 
खाली नेता भएन हैन, निर्वाचन किन भएन भनेर बहस गर्नुस !!

0 comments:

Post a Comment

 
Email us: