उ बेला सारै उद्दण्ड स्वभाव को थिए, कसैलाई नटेर्ने, किताब कहिल्यै नहेर्ने, धर्म कर्ममा नो इन्टेरेस..सायद बेलै त्यस्तै भएर होला / चलनै त्यस्तै थियो केहि गर्न नसकेपछि राजनीति नै निर्बिकल्प थियो / हाट्टा-हुट गफ हाक्न जानेकै थिए, ठर्रालाइ पन्चामृत बनाएर बाड्न सिकेकै थिए, पाखुरामा ड्रयागन ट्याटु हानेकै थिए, १-२ हप्ता जेल परेकै थिए, आज बन्द गरौँ भन्दा झण्डा काँध मा भिरेकै थिएँ / साथीहरु भिड्न डराउने, आफु त सबैतिरबाट हरेश खाको, २-४ जनालाई हानेकै थिए, उस्तै परे भाग्न जानेकै थिए, नेतापनि चिनेकै थिए मलाई के को डर??
त्यहि साहस देखेर होला, अधक्ष्यज्युले मलाई सच्चा कार्यकर्ता ठान्नुहुन्थ्यो / जनताले खासै नारुचायेपानी पार्टीमा मेरो हाली मुहाली बढ्दै थियो / अशंख्य कार्यकर्ताले मान्थे मलाइ, नमानुन पनि किन तिनीहरुको नमस्कार र हाँसोमा मैले उनीहरु जेल पर्दा छुटाउँदाको फोन कल र चन्दा उठौन्दाको पैसा बाट खुवाएको सोमरस स्पस्तै देखिन्थ्यो / कस्तो समय थियो त्यो, चुनाब जित्नलाई मैले राम्रोसंग मेरो निर्वाचन क्ष्येत्र पनि घुमेको थियिन, न सबै जनता संग भोट नै मागेको थिए,/ त्यस क्ष्येत्रका २-४ जना पाखुरेलाई भोज खुवाएको थिए, पुलिशलाइ खल्तीमा राखेको थिए, मेरा केटालाई कसरि भोट हाल्ने सिकाएको थिए त्यति भएपछी त सांसद हुन केहि गर्नु नपर्ने रहेछ / सबै दङ्ग थिए, मेरा अगौटे पछौटेहरु, अबिरको टिका र फुलको माला त मेरो लागि मुल्यहीन थियो त्यतिबेला, मलाई भोट हाल्ने पनि नहाल्ने पनि सबै जय-जयकार गर्दै थिए मेरो जितमा, जितेको सुरमा मलाई भोट नहाल्नेहरुप्रति पनि मेरो कुनै सन्देह रहेन / एक-हप्ता पछी सपथ ग्रहण कार्यक्रम थियो, सपथ ग्रहणमा के लेखेको थियो मैले पढिन, मात्रै भन्नेले जे भन्यो मैले त्यहि दोहोर्याए, खालि कोठामा इको साउण्डआएजस्तै / अग्रजले गरेको देखेको र मैले आफैं राजनीतिमा जानेको भनेको कसको लाइसेन्स खारेज गर्ने, कसको रि-न्यु गर्ने, कसलाई कहाँ पोस्टिंग गर्ने, कसलाई त्यहाबाट हटाउने, आफ्ना मान्छे कहाँ-कहाँ भर्ति गर्ने?? आदित्यादी....त्यहि चक्करमा लाग्दा-लाग्दै मैले चुनाबको बेला एउटा गाउँमा खानेपानी पुर्याइदिउला र अर्को गाउँमा बाटो पुर्याइदिउला भनेको थिए त्यो पनि बिर्सेछु, सायद त्यहाका जनताले सम्झिरहेका होलान, बुढा-पाकाले बाटो हेरिरहेका होलान, जवान त मुग्लान पसिसकेहोलान, हुनेखाने सरिसकेहोलान /
पहिलो चोटीको चुनाब मात्रै याद हुँदो रहेछ, पहिलो प्रेम झैँ त्यसपछि त कति पटक मन्त्रि भैयो, कुन-कुन ढुकुरो फोरियो, कहाँ को माल कहाँ झारियो, कस्ता-कस्ता गाडी हात पारियो, आँखा फेरियो, किड्नी फेरियो, मुटुमा भल्ब हालियो, धमनी फेरियो, रगतै फेरियो, अरुले थाहा नपाइ स्वास्नी फेरियो, अहिले कति ठाउँमा मैले नै छुट्यौना नसक्ने गरि छोराछोरी जोडियो.....भागवत को उद्घाटन गर्न जाँदा स्वर्गको बखान सुनेको थिए,लगभग ति सबै मोज गरियो / फेर्न मिल्ने जति भित्रि अंग पनि फेरियो, राम्रो बन्न सक्ने जति बाहिरी स्वरूप पनि फेरियो, अरुका नजरमा झन्डै १ दशक उमेर तल झारियो तर यथार्थमा मैले आफ्नो आयुलाई किन्न सकेको रहेनछु भन्ने भान भैरहेको छ मलाई /
अरुबेला पनि बिरामी त नपरेको हैन नि, तर किन आज मैले गरेका कुकृत्य मात्रै मेरो मानसपटलमा घुमिरहेको छ?? प्ले गरेर छोडिदिएको कुनै डिभिडी झैं, कि मैले जिन्दगीमा कहिल्यै राम्रो कामै गरिन?? दान गरेको थियिना भनौ भने मेरा केटाहरुलाई लुटेरा ल्याएको धन बाडेकै थिएँ, कसैलाई सहयोग गरिन भनौं भने आफन्त जातिलाई जागिर लगाएकै थिएँ, पुण्य गरिन भनौ भने मलाई बचाउँदा मरेको केटोलाई सहिद घोसना गरेकै थिएँ, अब लोभ गरें भनौ भने पार्टी को लागि भनेर बन्दुक तेर्साएर पाएको सहयोग भट्टीमा लागि खर्चियेकै थिएँ.........
हे !! भगवान , हिजो तिमीजस्तै देखिने आकारलाई ठाउं-ठाउंबाट उठाएर पारि पुर्याउन लगाउने मेरो यो बुद्दी किन आज तिमीलाई नै पुकार गर्दैछ? किन खालि मेरा कुकृत्य मात्रै मेरो मानसपटलमा घुमिरहेको छ?? यौबन, कुर्शी, पद, प्रतिष्ठा सबै छदाखेरी कहिल्यै याद न-आउने देश र जनताको किन मलाइ त्यति धेरै न्याश्रो लागिरहेको छ? के नै गरेको छु र मैले देश र जनता प्रति त्यस्तरी न्याश्रिनलाइ ??
किन यस्तो अनौठो लागिरहेछ मलाई? त्यो एयर एम्बुलेन्स प्राय चढेकै थिए त, फेरी किन मलाई यसपल्ट यमराजको बाहन चढेको भान भयो?? खोकी लाग्दा पनि उपचार गराउन आउथे त म, तर यो अस्पतालको सैयामा लड्दा किन मलाई आज चितामाथी सुतेको भान भैरहेको छ?? मलाई सान्त्वना दिन आइरहेका मेरा मित्रजन्ले मेरो शिघ्र स्वास्थ्य लाभको कामना गरिरहदा किन मलाई उनीहरुले खुच्चिंग भन्दै तालि बजाइरहेको भान भैरहेको छ??......
हैन म मर्छु र भन्या, मेरा अघिपछि हतियारधारी र मेरो आशन सिङहदरबारको कुर्सि छउन्जेल त कर्णालीका भोका जनता, तराइका नांगा जनता अनि कुर्शीमा बस्न नपाउनेहरु मात्रै मर्छन जस्तो लाग्थ्यो त / मेरा ति त्यत्रा अघिपछि साइरन बजाउंदै हिड्ने दूतहरु कहाँ गए अहिले ? मैले त उनीहरुलाई मेरो प्यावा पो भन्ठानेको थिए, के ति सबै मेरा भ्रम पो हुन्??
मैले बिदेशी ब्यांकमा जमाएर राखेको त्यत्रो धन, सशुरा बाको नाममा भएको मेरो त्यस्तो चिल्लो गाडी, सालो केटोलाइ ब्यापार गर भनेर दिएको त्यत्रो सम्पति, स्वास्नी ले बगैंचामा बनाएको गहना ट्यांकीमा कति गहना थियो होला, गाउँको स्कुलले हजुर! एउटा कम्पुटर भए केटा-केटि खुसि हुन्थे भन्दा नदियिकाना भाइहरु अनि काका बडाबाउलाइ लु यसो खर्च गर्नु भनेर दिएको लाखौ पैसा के-के मा खर्च गरे होलान्??...भो!!! यहाँ इन्तु न चिन्तु भएको बेला के सम्झनु त्यो सम्पति?आखिरी बोइंग चार्टर गरेर स्वर्ग जान पाइँदो रहेनछ त /
अख्तियारले म मरेपछि के नै खोज्दो हो र मेरो सम्पति, ज्यूँदाको खोज्नै भ्याई न भ्याई छ उसलाई ? खोजे पनि भेटाउने ठाउमा राख्या भए पो भेट्थो / रास्त्रले पनि त्यत्रो पटक मन्त्रि भएको म, ठुलै सम्मान देला, दर्जनौ सलामीका तोप पड्केलान, नेताहरुले र मेरा भरौटेहरु, अनि जो कोहि मर्दा पनि आँशु बगाउनेहरु एक गुच्छा फुल, माला अनि अबिर पोतेर मेरो निधार र सरिर राताम्मे बनाउदा हुन्....के गर्नु जे गरेपनि मरेपछि लान र देख्न पाइँदो रैनछ / बरु बाचुन्जेल केहि राम्रो काम गरेको भए सबैको हाइ-हाइ त पाउन्थें /
आज मेरो आफ्नै मृत्यु मेरै आँखा अगाडी डम्फु बजाएर ताण्डब नृत्य प्रस्तुत गरिरहेको छ / न कराउनका लागि शब्द निस्कन्छ, न देखाउनका लागि हात नै चल्छ , न गोडानै चल्छन भाग्नको लागि, मेरो यो कहाली लाग्दो मृत्यु हेर्दिन भन्नलाई आफ्नै आखा चिम्लने तागत पनि छैन मेरो, उमेर छदा बेच्न पनि पछी पर्दिनथें तर आज त्यहि मातृभूमिमा अन्तिम प्राण त्याग्ने मन भैरहेकोछ / सकुन्जेली र उमेर छुंजेली कहिल्यै मनमा आएन तर आज मेरा ति निमुखा र अति सोझा अनि दयालु जनताप्रति झुक्न मन लागिरहेको छ अनि कालले थोरै समय भएपनि छोडिदियो भने देशको बृहत्तर बिकास र जनताप्रति समर्पित हुन मन लागिरहेकोछ, आखिरी मरिलानु केहि रै!नछ भनेर किन यसबेला बुझ्दै छु म, मैले बेलैमा बुझेको भए यो देशलाई कहाँ पुर्याउंथें होला.....
0 comments:
Post a Comment