Nepal The Wonder Land in The Earth

Nationality: Nepal

जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी...

नेपाली गाउँले...

On the way to GOSAIKUNDA, RASUWA, NEPAL

समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Tuesday, November 6, 2012

बिचरा!!!नेताजी...


नेता जी को फुर्सद नै छैन अचेल, फेरी चाहिदो काममै ब्यस्त भए त हुन्थ्यो नि, खै! के लाइ हो काम पनि छैन फुर्सद पनि छैन भन्थे त्यस्तै भा छन् नेता जी/ उ बेला नियमापति भन्दै टेबल ठटाउदा उठेका ठेउला लाइ अहिले साह्रै मिस गरेका छन् रे! नेताजीले/ अझ नेताजीले यसपल्ट को दशैको दुख यसरि पोखे: " पहिले-पहिले सोह्र सराद देखि नै रातो, कालो, लाम्कने, डल्ले, ........कुन्चाही खसी ल्याउं हजुर भन्दै भेराइटी देखाउने ब्यापारी र कर्मचारी को भिड हुन्थ्यो" यसपल्ट ५ किलो खसीको मासुको लागि छिमेकी संग हार-गुहारे गर्नुपर्यो रे!!
बिदेशी सोमरस को स्वाद मात्रै चाख्न पाएको नेताजीको बिचरा त्यो  जिब्रोले यसपल्ट खोयाबिर्के जल लाइ मेड इन नेपाल भन्दै गर्व गरेछ /
आजकल नेताजी उनको पहिलेको भत्काइएको घरलाइ फेरी बनाउनुपर्यो भन्दै त्यहि घर भाकै कानेश्वोर गाउँमा भेला गर्छन रे / आँखा बाट झर्ने लागेको आँशु रोक्दै भने: " उ बेला अगी-पछी गाडी,बिचमा आफु सलाम ग्रहण गर्दै भित्र छिरिन्थ्यो, आजकल घरको तगारो अगाडी उभिदा पनि सलाम ठोक्ने हातले लाठि ठोक्छन, कताबाट कुलेलाम ठोक्ने बाटो हेर्दै बस्नुपर्छ /" 
उनि गुनासो गर्दै भन्छन :"घर छउन्जेल सत्ताका लागि जे पनि गर्ने मधेशी मोर्चा जस्तै थि मेरी श्रीमती, आजकल एमाले भकिछ / उ बेला भासनको सट्टा एउटा गीत गाउँदा पनि प..र..र..र..र....तालि पाउने मेरो बोलि आजभोली उद्दण्ड को बोलि भा छ रे, ठेगानै नभाको, छिन-छिन मा चेन्ज भैरहने / मेरो त्यो घर छउन्जेल रिबन काट्नलाई कैंची लिएर आउनेको लहरै हुन्थ्यो, आजभोली छिमेकमै कार्यक्रम गर्छन, चिया-बिस्कुट बाँडी-चुंडी खान्छन, आफु परैबाट थुक निल्दै हिड्नुपर्छ/  उ बेला ओह!! कामरेड भन्थे,सांचैको रेड सिग्नल जस्तै थिएँ म, सबै टक्क उभिन्थे मलाई देखेर, आजभोली बानेश्वोर्को ट्राफिक लाइट जस्तै भाको छु, कसैलाई मेरो परवाहै छैन / मैले प्रतिगमन भन्दा प्रतिगमन र अग्रगमन भन्दा अग्रगमन हुने मेरो बोलि र ढलमा कराउने किरो बीच आजभोली कुनै तात्विक भिन्नता छैन /"
नेताजीको बोलीले धेरै नयाँ-नयाँ शब्दको स्वाद चाख्न पाएको रहेछ / प्रजातन्त्र....शान्ति...लोकतन्त्र....प्रतिगमन.....हुँदै उहाँको शब्द एक्सप्रेस आजभोली सहमतिको होर्न बजाउनमै ब्यस्त छ/ अलिकति भिडभाड, नयाँ मान्छेको चहलपहल, क्यामेरा, अनि माइक्रोफोन अगाडी आउनासाथ उहाँको होर्न बजिहाल्छ सहमतिको / तर खै किन हो आजभोली बाटोमा बसेको भैंसीले समेत उहाँको सहमतिको होर्न मा  टेर-पुच्छर लगाउन छोडिसक्यो, सायद नेताजिकै अन्य मित्रहरुले कन्याउन्दै भैंसीको चाकरी गरेर पो हो कि?? बिचरा!! नेताजीको बोलि, बचन, व्यवहार, काम अनि गर्जने शैली आजभोली सबै बिचरा!! भएका छन् , ओल्लो घाट न पल्लो तिरको... 

मृत्यु शैयाबाट ति दिनहरु...


उ बेला सारै उद्दण्ड स्वभाव को थिए, कसैलाई नटेर्ने, किताब कहिल्यै नहेर्ने, धर्म कर्ममा नो इन्टेरेस..सायद बेलै त्यस्तै भएर होला / चलनै त्यस्तै थियो केहि गर्न नसकेपछि राजनीति नै निर्बिकल्प थियो / हाट्टा-हुट गफ हाक्न जानेकै थिए, ठर्रालाइ पन्चामृत बनाएर बाड्न सिकेकै थिए, पाखुरामा ड्रयागन ट्याटु हानेकै थिए, १-२ हप्ता जेल परेकै थिए, आज बन्द गरौँ भन्दा झण्डा काँध मा भिरेकै थिएँ / साथीहरु भिड्न डराउने, आफु त सबैतिरबाट हरेश खाको, २-४ जनालाई हानेकै थिए, उस्तै परे भाग्न जानेकै थिए, नेतापनि चिनेकै थिए मलाई के को डर??
त्यहि साहस देखेर होला, अधक्ष्यज्युले मलाई सच्चा कार्यकर्ता ठान्नुहुन्थ्यो / जनताले खासै नारुचायेपानी पार्टीमा मेरो हाली मुहाली बढ्दै थियो / अशंख्य कार्यकर्ताले मान्थे मलाइ, नमानुन पनि किन तिनीहरुको नमस्कार र हाँसोमा मैले उनीहरु जेल पर्दा छुटाउँदाको फोन कल र चन्दा उठौन्दाको पैसा बाट खुवाएको सोमरस   स्पस्तै देखिन्थ्यो / कस्तो समय थियो त्यो, चुनाब जित्नलाई मैले राम्रोसंग मेरो निर्वाचन क्ष्येत्र पनि घुमेको थियिन, न सबै जनता संग भोट नै मागेको थिए,/ त्यस क्ष्येत्रका २-४ जना पाखुरेलाई भोज खुवाएको थिए, पुलिशलाइ खल्तीमा राखेको थिए, मेरा केटालाई कसरि भोट हाल्ने सिकाएको थिए त्यति भएपछी त सांसद हुन केहि गर्नु नपर्ने रहेछ / सबै दङ्ग थिए, मेरा अगौटे पछौटेहरु, अबिरको टिका र फुलको माला त मेरो लागि मुल्यहीन थियो त्यतिबेला, मलाई भोट हाल्ने पनि नहाल्ने पनि सबै जय-जयकार गर्दै थिए मेरो जितमा, जितेको सुरमा मलाई भोट नहाल्नेहरुप्रति पनि मेरो कुनै सन्देह रहेन / एक-हप्ता पछी सपथ ग्रहण कार्यक्रम थियो, सपथ ग्रहणमा के लेखेको थियो मैले पढिन, मात्रै भन्नेले जे भन्यो मैले त्यहि दोहोर्याए, खालि कोठामा इको साउण्डआएजस्तै / अग्रजले गरेको देखेको र मैले आफैं राजनीतिमा जानेको भनेको कसको लाइसेन्स खारेज गर्ने, कसको रि-न्यु गर्ने, कसलाई कहाँ पोस्टिंग गर्ने, कसलाई त्यहाबाट हटाउने, आफ्ना मान्छे कहाँ-कहाँ भर्ति गर्ने?? आदित्यादी....त्यहि चक्करमा लाग्दा-लाग्दै मैले चुनाबको बेला एउटा गाउँमा खानेपानी पुर्याइदिउला र अर्को गाउँमा बाटो पुर्याइदिउला भनेको थिए त्यो पनि बिर्सेछु, सायद त्यहाका जनताले सम्झिरहेका होलान, बुढा-पाकाले बाटो हेरिरहेका होलान, जवान त मुग्लान पसिसकेहोलान, हुनेखाने सरिसकेहोलान / 
पहिलो चोटीको चुनाब मात्रै याद हुँदो रहेछ, पहिलो प्रेम झैँ त्यसपछि त कति पटक मन्त्रि भैयो, कुन-कुन ढुकुरो फोरियो, कहाँ को माल कहाँ झारियो, कस्ता-कस्ता गाडी हात पारियो, आँखा फेरियो, किड्नी फेरियो, मुटुमा भल्ब हालियो, धमनी फेरियो, रगतै फेरियो, अरुले थाहा नपाइ स्वास्नी फेरियो, अहिले कति ठाउँमा मैले नै छुट्यौना नसक्ने गरि छोराछोरी जोडियो.....भागवत को उद्घाटन गर्न जाँदा स्वर्गको बखान सुनेको थिए,लगभग ति सबै मोज गरियो / फेर्न मिल्ने जति भित्रि अंग पनि फेरियो, राम्रो बन्न सक्ने जति बाहिरी स्वरूप पनि फेरियो, अरुका नजरमा झन्डै १ दशक उमेर तल झारियो तर यथार्थमा मैले आफ्नो आयुलाई किन्न सकेको रहेनछु भन्ने भान भैरहेको छ मलाई /
अरुबेला पनि बिरामी त नपरेको हैन नि, तर किन आज मैले गरेका कुकृत्य मात्रै मेरो मानसपटलमा घुमिरहेको छ?? प्ले गरेर छोडिदिएको कुनै डिभिडी झैं, कि मैले जिन्दगीमा कहिल्यै राम्रो कामै गरिन?? दान गरेको थियिना भनौ भने मेरा केटाहरुलाई लुटेरा ल्याएको धन बाडेकै थिएँ, कसैलाई सहयोग गरिन भनौं भने  आफन्त जातिलाई जागिर लगाएकै थिएँ, पुण्य गरिन भनौ भने मलाई बचाउँदा मरेको केटोलाई सहिद घोसना गरेकै थिएँ, अब लोभ गरें भनौ भने पार्टी को लागि भनेर बन्दुक तेर्साएर पाएको सहयोग भट्टीमा लागि खर्चियेकै थिएँ.........
हे !! भगवान , हिजो तिमीजस्तै देखिने आकारलाई ठाउं-ठाउंबाट उठाएर पारि पुर्याउन लगाउने मेरो यो बुद्दी किन आज तिमीलाई नै पुकार गर्दैछ? किन खालि मेरा कुकृत्य मात्रै मेरो मानसपटलमा घुमिरहेको छ?? यौबन, कुर्शी, पद, प्रतिष्ठा सबै छदाखेरी कहिल्यै याद न-आउने देश र जनताको किन मलाइ त्यति धेरै न्याश्रो लागिरहेको छ? के नै गरेको छु र मैले देश र जनता प्रति त्यस्तरी न्याश्रिनलाइ ?? 
किन यस्तो अनौठो लागिरहेछ मलाई? त्यो एयर एम्बुलेन्स प्राय चढेकै थिए त, फेरी किन मलाई यसपल्ट यमराजको बाहन चढेको भान भयो?? खोकी लाग्दा पनि उपचार गराउन आउथे त म, तर यो अस्पतालको सैयामा लड्दा किन मलाई आज चितामाथी सुतेको भान भैरहेको छ?? मलाई सान्त्वना दिन आइरहेका मेरा मित्रजन्ले मेरो शिघ्र स्वास्थ्य लाभको कामना गरिरहदा किन मलाई उनीहरुले खुच्चिंग भन्दै तालि बजाइरहेको भान भैरहेको छ??......
हैन म मर्छु र भन्या, मेरा अघिपछि हतियारधारी र मेरो आशन सिङहदरबारको कुर्सि छउन्जेल त कर्णालीका भोका जनता, तराइका नांगा जनता अनि कुर्शीमा बस्न नपाउनेहरु मात्रै मर्छन जस्तो लाग्थ्यो त / मेरा ति त्यत्रा अघिपछि साइरन बजाउंदै हिड्ने दूतहरु कहाँ गए अहिले ? मैले त उनीहरुलाई मेरो प्यावा पो भन्ठानेको थिए, के ति सबै मेरा भ्रम पो हुन्??
मैले बिदेशी ब्यांकमा जमाएर राखेको त्यत्रो धन, सशुरा बाको नाममा भएको मेरो त्यस्तो चिल्लो गाडी, सालो केटोलाइ ब्यापार गर भनेर दिएको त्यत्रो सम्पति, स्वास्नी ले बगैंचामा बनाएको गहना ट्यांकीमा कति गहना थियो होला, गाउँको स्कुलले हजुर! एउटा कम्पुटर भए केटा-केटि खुसि हुन्थे भन्दा नदियिकाना भाइहरु अनि काका बडाबाउलाइ लु यसो खर्च गर्नु भनेर दिएको लाखौ पैसा के-के मा खर्च गरे होलान्??...भो!!! यहाँ इन्तु न चिन्तु भएको बेला के सम्झनु त्यो सम्पति?आखिरी  बोइंग चार्टर गरेर स्वर्ग जान पाइँदो रहेनछ त / 
अख्तियारले म मरेपछि के नै  खोज्दो हो र मेरो सम्पति, ज्यूँदाको खोज्नै भ्याई न भ्याई छ उसलाई ? खोजे पनि भेटाउने ठाउमा राख्या भए पो भेट्थो / रास्त्रले पनि त्यत्रो पटक मन्त्रि भएको म, ठुलै सम्मान देला, दर्जनौ सलामीका तोप पड्केलान, नेताहरुले र मेरा भरौटेहरु, अनि जो कोहि मर्दा पनि आँशु बगाउनेहरु एक गुच्छा फुल, माला अनि अबिर पोतेर मेरो निधार र सरिर राताम्मे बनाउदा हुन्....के गर्नु जे गरेपनि मरेपछि लान र देख्न पाइँदो रैनछ / बरु बाचुन्जेल केहि राम्रो काम गरेको भए सबैको हाइ-हाइ त पाउन्थें /    

आज मेरो आफ्नै मृत्यु मेरै आँखा अगाडी डम्फु बजाएर ताण्डब नृत्य प्रस्तुत गरिरहेको छ / न कराउनका लागि शब्द निस्कन्छ, न देखाउनका लागि हात नै चल्छ , न गोडानै चल्छन भाग्नको लागि, मेरो यो कहाली लाग्दो मृत्यु हेर्दिन भन्नलाई आफ्नै आखा चिम्लने तागत पनि छैन मेरो, उमेर छदा बेच्न पनि पछी पर्दिनथें तर आज त्यहि मातृभूमिमा अन्तिम प्राण त्याग्ने मन भैरहेकोछ / सकुन्जेली र उमेर छुंजेली कहिल्यै मनमा आएन तर आज मेरा ति निमुखा र अति सोझा अनि दयालु जनताप्रति झुक्न मन लागिरहेको छ अनि कालले थोरै समय भएपनि छोडिदियो भने देशको बृहत्तर बिकास र जनताप्रति समर्पित हुन मन लागिरहेकोछ, आखिरी मरिलानु केहि रै!नछ भनेर किन यसबेला बुझ्दै छु म, मैले बेलैमा बुझेको भए यो देशलाई कहाँ पुर्याउंथें होला.....

Wednesday, August 8, 2012

यो कस्तो बिडम्बना हो??

सन् १८१५ मा सुरुभएको औद्योगिक क्रान्तिले धेरै देशलाइ आर्थिक सम्ब्रिद्दिको एउटा बलियो आधार दिलायो /औद्योगिक क्रान्तिको दौरान सायद उनिहरुसंग त्यति धेरै प्राकृतिक श्रोत र साधन थिएनन् होला जति श्रोत र साधन अहिले नेपालमा छ/ सन् १९४५ सम्म आइपुग्दा कति रास्ट्रले प्रथम र दोश्रो बिस्वयुद्द अनि अन्य विभिन्न आन्तरिक द्वन्द र राजनीतिक क्रान्तिको सिकार भएर पनि धेरै हदसम्म औद्योगिक विकास गरिसकेका थिए, औद्योगिक क्रान्तिमा लागेका देशहरुले आफु संग भएका सिमित श्रोत र साधनलाई राम्रै संग चिने अनि उपयोग पनि त्यहि अनुशार गरे यसलाई त्यहाँका शासनबर्गको कार्यकौशलता अनि देश प्रतिको माया नै ठान्नुपर्ला ,जबकी नेपाल त्यतिबेला सम्म पनि प्रथम र दोश्रो बिस्वयुद्द जस्ता डरलाग्दा भीसण नरसंहारले भरिएका कहानी बाट टाढै थियो भने शाषकबर्गको आन्तरिक शोषणले नेपालीको चेतना र परिवर्तनको चाहनालाई दरै संग बाँधेको थियो / सन् १९४५ पश्चात अधिकांग्स पास्चात्य मुलुकहरुले आफ्नो ध्यान सूचना र प्रविधिको बिकासमा खर्चिए जसले संसारमै मानब जिबनसैलीलाइ नसोचेको परिवर्तन दिलायो / अझै पनि सुन्दा अचम्म लाग्छ सन् १९६० को दशकमा द. कोरिया लाइ खाद्य सङ्कट पर्दा नेपालले ट्रक का ट्रक खाद्यान्य सहयोग गरेको थियो रे, तर आज कर्णालीका कतिपय जनता १ के.जी.राम्रो चामलको लागि हप्तौं धाएर कमिसन मिसिएको कमसल चामल लान बाध्य छन् भने हजारौं  शिक्ष्यित युवाहरु त्यहि कोरियामा कृषि र उद्योगको कडा काममा जानका लागि लामो लाम लाग्न पाउँदा पनि हाँसेकै छन् / शोसक र सामन्तीको बिरुद्दमा भन्दै नेपालमा जति आन्दोलन अन्य देशमा कमै भए होलान, त्यस दौरान धेरै नेताका जीवनशैली परिवर्तन भएहोलान, धेरै कर्मचारीले आफ्नो भुँडीको ब्यास बढाए होलान, सिमित घर-घरानाले आफ्ना आउँदा पुस्ताको जीवनशैली आफ्नै पालामा सुनिस्चित गरे होलान, तर एक आम नेपाली जो गरिब थियो झन् गरिब भएको छ,  स्वाभिमान ठान्थ्यो आफुलाई तर अहिले आफ्नो परिचय धुम्मिएको नेपाली राज्नितिमाझ खोजिरहेको छ, वीर गोर्खाली भन्थ्यो आफुलाई तर आफ्नो बिरतालाइ लछार-पछार पार्दा पनि टुलु-टुलु नियालिरहेको छ / नेपालको प्राकृतिक श्रोत र साधनलाई सुचिकृत गर्ने हो भने सायद यी पाना कम होलान, तर जतिनै भएपनि चालक नै खराब नियतको भएपछी गाडी जति नै राम्रो होस्, यात्रुको केहि चल्दो रहेनछ / यतिका श्रोत र साधनका बाबजुत अहिलेको नेपालको अवस्था २१ औं सताब्दिमा यहि पृथ्वीमा अटाएको कुनै रास्ट्रको अवस्था हो भन्यो भने पश्चिमा देशका स्कुले बिद्यार्थी हरुका लागि हाम्रा हजुरबुवा हरुले सुनाउनुहुने सुन्दर एकादेशको कथा भन्दा फरक नहोला / प्रकृतिले आफ्ना सारा कुरा दियिन तर यो देशको कर्मले एउटै सच्चा नेता दिएन, यहि भनेर त चित्त बुझाउने होला नि अब / कहिलेकाहीं धिक्कार लाग्छ तलका दैनिकीहरु सम्झनुपर्दा:  
  • संसारमै जलश्रोतको दोश्रो धनि देश, जहाँका गाउँमा अझैपनि स्वच्छ पिउनेपानीको चरम अभाब छ भने सहरमा महँगो पैसा खर्च गरेर पानि पिउनुपर्छ,
  • कृषि-प्रधान देश जहाँका लगभग ७०% जनता कृषि पेसामा निर्भर छन्, तर बिडम्बना आजसम्म पनि चामल, दाल, तेल लगायतका सामानको भाउ घट्यो है भनेको सुन्न पाउनुछैन /
  • ८३ हजार मेगावाट बिजुली उत्पादनको क्श्यमता राख्ने देश, जहाँ खोलाभारी अटाइ-नअटाइ पानि हुँदापनि दैनिक ५ घन्टाको लोडसेदिंग खप्नुपर्ने, तर नेताले अन्धकारमै भएपनि बिना बत्तिको माइक्रोफोन मा १० बर्षमा दस हजार मेगावाटको भासण दियिरहेका हुन्छन भने तिनका कार्यकर्ता चन्दाको निउमा बन्दै गरेका हाइड्रोपावरहरु बन्द र तोडफोड गर्न पनि पछी परेका हुँदैनन्  /
  • बिद्यार्थी जो कलम र बिचारको माध्यमले समाज र रास्ट्र को ज्योति बन्नुपर्ने, तर आफु अरुको पुच्छर बनेको चाल नपाइ आफ्नो स्व-बिबेकलाइ आफैंले कुल्चेर कलमको धर्म बिर्षदै इट्टा र ढुंगा उचाल्न उद्दत छ/
  • कुनै बेला वीर गोर्खालीले कहलिएको देश, आजको २१ औं सताब्दिमा पनि बर्षेनी झाडा-पखालाले मरेको समाचार संचार माध्यमको प्रमुख समाचार बनिरहेका हुन्छन /
  • कर्मचारी जसले गरिबको थोपा-थोपा पसिना बाट संकलित पसिना बाट आफ्नो परिवार पालिरहेको छ, तर त्यहिँ गरिब उ संग काम लिएर जाँदा नचिनेको नाचिन्यै गर्छ/
  • आफुलाई क्रान्तिकारी भनाउने जसले हजारौं निमुखालाई सुन्दर काल्पनिक संसारको सपना देखाएर आपसमा लडाएर सखाप पारे, अहिले आफैं करोडौं पर्ने क्रान्तिकारी गाडी चढेर हिड्छन, त्यतिनै बराबरको क्रान्तिकारी खाटमा सुत्छ्न, त्यतिनै पर्ने क्रान्तिकारी झुपडीमा बस्छन तर तिनीहरुलाई त्यहाँ पुर्याउने भर्यांग अहिले कहाँ र कस्तो अवस्थामा छन? अहँ, सबै भुलिसके तिनै क्रान्तिकारी मिठा लाग्ने भासन संगै. /
  • आकारको हिसाबले अरु भन्दा साह्रै सानो देश, तर च्याउ सरि उम्रिएका राजनीतिक दल जो कमसल सिशा सरि फुटीरहन्छन तिनका सबै नेताहरुलाई जनताले पखाला लागेको बेला जिबनजल पनि खान नपाइ-नपाइ आजीवन पाल्नुपर्ने/
  • यहाँ युवा जो संग देश हाक्न सक्ने सामर्थ्य हुन्छ, हरेक कुराको रचनात्मक समाधान खोज्न सक्ने तागत हुन्छ, त्यो सामर्थ्य र तागतलाइ आपशी झगडाको चक्रब्युहमा फसाइरहेका छन भने जसको सोच्ने क्ष्यमता आफ्नो घर-परिवार भित्रै मात्र सिमित भैसक्यो, नयाँ काम गर्ने आँटहरु उनीहरुको दांतसंगै झरिसके, भबिस्य देख्ने क्ष्यमता उनीहरुको आँखाको दृस्टी संगै गैसक्यो जसलाई अब केवल आरामको आवस्यकता छ, तिनैको पछ्यौटे बन्नमानै आफ्नो सफलता ठानिरहेका छन् भरपुर जोस र जाँगरले भरिएका युवाहरु........
यो कस्तो बिडम्बना हो??, यहाँ नेता जनताको सेवा गर्न जन्मन्छन कि रगत चुस्न, छिमेकीहरु बिकासको प्रतिस्पर्धामा दौडिरहेका बेला के हाम्रा नेताहरुचाही कुर्शिकै पछी दौडिरहने हो?? के यस्तै परिस्थिति आइरहे भोलिका दिनमा पनि नेपालि भन्दै गर्व गर्न पाइएला ?? के अब संधै आन्दोलन नै मात्र गरिरहने अनि सहिद हुनुमै गौरवान्वित भैरहने???? सधैं आफ्नै स्वार्थको पछी मात्रै दौडिरहने, के नेपाली हुनुका नाताले अलिकति पनि रास्ट्रप्रतिको दायित्व छैन र हाम्रो????
सोच्ने बेला आएन र!!!!!!!!!!!!!!!!!!!!!!!!!!

Friday, May 25, 2012

सबैको ताल उस्ताको उस्तै..

प्रमुख दलका प्रमुखहरु हाम्रा नेता हुन्कि विदेशीले मन्चन गरिदिएको कहानीमा अत्यन्तै twist भएको नाटकका कलाकार हुन्?? जसलाई आफ्नो देश कता तिर जाँदैछ र देशमा अब के हुँदैछ भन्ने कुराको झिनो ज्ञान पनि छैन, अरुबेला जतिसुकै आफु रास्ट्रबाद र स्वाधिनता प्रति कतीबद्द हुँ भन्दै अरुलाई जति आक्श्येप लगाएर दोषी देखाउन खोजेपनि dairector ले सम्बाद दिएर action भनिसकेपछि सबै नेता एकैठाममा भेला भएर मिठा कृत्रिम सम्बाद बोल्दै हामी दर्शकलाई मनोरंजित र उत्शाहित तुल्याउन्छन् अनि cut भनिसकेपछि फेरी सबैको ताल उस्ताको उस्तै.../

Thursday, April 5, 2012

                                                      कथा: 'नेपाल आमा'


रोगि, गरिब अनि बृद्द नेपाल आमाका ४ भाई छोराहरु कांग्रेश, एमाले, माओबादी र फोरम मध्ये सहिंलो छोरो माओबादी हतियार छोडेर बृद्द आमाको सेवा गर्न घर फर्किएको खुसि संगै कान्छो छोरो फोरम जन्मिएको खुसीले नेपालआमा गद-गद थिईन /  खुसि-खुसिमै छोराहरुप्रती बढ्दै गएको आत्माबिस्वास र समझदारीको कारण संबिधान सभाको चुनाब मार्फत आफ्नो घरमा शान्ति र संविधानको खातिर आफ्ना सारा कुरा आशामीशाहु कहाँ धरौटी राखेर, ऋण गरि चारै भाई छोरालाई संबिधान कमाउनका निम्ति विदेश पठाएकी थिईन /
तर आज झन्डै ४ बर्ष बित्न लागिसक्दा, चारै भाई पुनः आफ्ना पुरानै व्यवहार दोहोर्यौन्दै आफ्नी आमाले चर्को ब्याजमा काढेको ऋण तिर्न छोडेर आ-आफ्नै व्यक्तिगत परिवारको रवाफ र ऐश आराम मा मस्त देखेर अबसरी साहुले पनि बिचरा ति निरिह आमाको घरबाट मनलाग्दो आवस्यक सामान उठाउदै तिनै आमाको छातीमा कुल्चेर औंला ठड्याउँदै लछार्न सुरु गरेछ /

बिचरा!! अब ति रोगि आमासंग न त आफ्ना कुलंगार छोराहरुसङ्ग शान्ति र संबिधान माग्ने साहस नै छ, न त छिमेकीका सामु देखाउनका लागि इज्जत नै...
आमा रोइ रहेकिछिन, छोराहरु विदेशीका पछ्यौरि धोइरहेका छन्, /

 
Email us: