Nepal The Wonder Land in The Earth

Nationality: Nepal

जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी...

नेपाली गाउँले...

On the way to GOSAIKUNDA, RASUWA, NEPAL

समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Monday, December 22, 2014

हो , म दलित हुँ

ब्राह्मण त्यो हो जो  ब्रह्मचर्यमा रहेर अध्यात्ममा निष्ठा राख्छ , कोइराला, भट्टराई, विश्वकर्मा, कार्की, चौधरी, शाह, यादव  ....... चाहे जे सुकै होस्। यदी पोखरेलको छोरो सिलाई बुनाइ को काम गर्छ भने त्यो दमाइ हो किनभने यो पेसाको उपनाम हो, अझ ब्रह्मचर्यमा रहेर त्यो पेसा अंगालेको छ भने त्यो दमाइ बाहुन हो।
 कथित बाहुनको कुलमा जन्मिए भनेर छोइला र सुकुटी अनी तिन्पाने लगाएर दङदङी गनाएर हल्लिदै घरमा श्वास्नी कुट्ने वास्तविक दलित हो। हाम्रो धर्मले पेशा अनुरुपको नामाकरण गरेको अवस्य हो, तर छुवाछुत र भेद्भाव भने हाम्रो धर्मको कुनै अंसले गरेको छैन। समाजले मलाइ टपरी बाहुन भन्छ किनभने मेरो हजुरबा जजमान गर्नुहुन्थ्यो, त्यसपछि न बुवाले न मैले कसैले यो पेसालाइ निरन्तरता दिएका छैनौ, अचम्म लाग्छ समाजले अझैपनि  हामीलाई त्यहि नजरले हेर्छ। तर मेरो नजरमा  म दलित हो, मेरो लागि "परस्त्री गमनम पुन्यम" हुन्छ, जप/पाठ /ध्यान गर्नु पर्यो भने मरेतुल्य हुन्छ, जनावरलाइ नभुटि खाना रुच्दैन, सोमरस पान नगरी निन्द्रा लाग्दैन, त्यसैले मेरो नजरमा म दलित पनि एकदमै गिरेको दलित हूँ।   

पहिले आफुले नबुझ्दा धेरैलाई शिक्षित/ विद्वान देख्थे, तर सबै ढोङी/ आडम्बरी रहेछन। सबै केबल प्रमाणपत्र मा शिक्ष्यित कहलिएका  अन्धबिश्वासी अबुझहरुको जमात रहेछ। सबैले आफ्नो सनातन धर्मको इस्टकोट भिरेर त हिंडे तर कसैले त्यसमा लागेको मैलो धुने साहस गरेनन अझ भनौ, सक्नेले जस्तो चलिआएको त्यस्तै चलाऊन खोजे नसक्नेले बकवास भन्दै आफुलाई त्यो समाजका क्रान्तिकारी भनी चिनाउन खोजे, कतिले त्यसैलाई गरिखाने भाडो बनाए, कतिले त्यसैको बिरोध भन्दै राजनीतिक आवरण दिए, कोही त्यसैको बारे चिच्याउदा चिच्याउदै नदेखेको स्वर्ग पुगिसके, कोही नर्क पुगिएला भन्दै त्यही कोट भिरेका भिरै छन , तर त्यसमा लागेको मैलो देख्ने क्ष्यमता कसैले राखेनन। सबैले जस्तो सिके त्यस्तै अनुसरण गरे तर सहि/गलत या परिमार्जन को आवस्यकतालाइ बुझ्न सकेनन।

सत्य र निस्ठाका निम्ती कोहीसँग पनि  लड्न पछी नपर्ने मान्छे सच्चा  क्ष्यत्री हो, त्यो कुन थरी को हो भन्ने कुराले कुनै अर्थ राख्दैन। आफुलाई क्ष्यत्री समाज अग्रज भनाउदा क्ष्यत्रिहरु कतिले क्ष्यत्रिय धर्म निर्वाह गरेका छन, उनिहरु आँफैले मनन गरे हुन्छ म कसैलाई लान्छना लगाउन चाहन्न। राजनीतिको उच्च पदमा रहेर नियम कानुन मिच्ने, प्रलोभन या दबाबमा आएर राष्ट्र र राष्ट्रियता बिपरितका सन्धी सम्झौतामा झुक्ने अनी २ नम्बरी कार्य गर्न पछी नपर्ने कथित क्ष्यत्री कहलिएकाहरु सबै दलित हुन, उनिहरुको बुद्दी, बिबेक सबै दलित छ, उनिहरुलाई दलित कोटा बाट आरक्ष्यित गरे हुन्छ। सुरक्षानिकायका बहालबाला या अवकासप्राप्त कथित क्ष्यत्री कहलिएका सबै ब्यक्तीहरु दलित हुन जो बिदेशी गुप्तचर या दलाल सँग मिलेर देशको गोप्य सुचनाहरु चुहाउछन। हो तिनिहरु सबै दलित हुन।

बिहानै धार्मिक कार्यक्रममा ज्ञान बाढ्न आउनुहुने विद्वानहरु जती मिठो तवरले जात्-भात, छुवाछुत, आदर्श र नैतीकताको कुरा गर्नुहुछ, ठ्याक्कै त्यसको बिपरित ब्यवहार वहाँहरुको घरमा दिनहु लाइभ टेलिकास्ट भै नै रहेको हुन्छ, जुन कथित बाहुनको छोरो भएको नाताले प्रतक्ष्य अनुभव गरेको कुरा हो मैले। एक्जना संस्कृतमा  शास्त्री मेरा आफन्त मा. बि. स्तरको नेपाली शिक्षक हुनुन्थ्यो । लक्ष्मी प्रशाद देव्कोटाको "मानिश ठुलो दिलले हुन्छ जातले हुँदैन" भन्ने कबिता पढाउदाखेरी मैले चिनेका मान्छे तिनै हुन कि अर्कै, म कन्फ्युज भएको थिए । घरमा काम गर्ने हलीले झुकिएर उनलाई छोयो भने नानाभाती फलाकेर नुहाउन जान्थे अनी जनै फेर्थे, उनको छोरो शहरमा पढ्न गाको एउटी कथित 'जैसी' सँग पिरती बसेछ,घरमा कुरा मात्रै के राखेको बबन्डर नै मच्चियो। त्यतिखेर मैले तिनैले पढाएको कबिताको भावार्थ सम्झिरहेको थिए।

हरेक राष्ट्रका आ-आफ्ना बिशेषता हुन्छन, कुनै धार्मिक रुपले चिनिएलान भने कोही सास्कृतिक रुपले चिनिएका हुन्छन।खाडी रास्ट्रहरु मुस्लिम रास्ट्र हुन् भने अधिकांस पश्चिमा रास्ट्रहरु क्रिस्टियन छन।   संसारमा स्थापित धर्मलाई आधार मान्ने हो भने अल्पसन्ख्यक समुदायले मान्ने धर्म हो , "हिन्दू" जसको आफ्नै लामो ईतिहास छ् । कुनै बेला हिन्दू राष्ट्र भनेर चिनिने पहिचान त हामीले मेटिसक्यौ तर अनेकन पहिचानको कुरा गर्न भने छोडेका छैनौ।
हिन्दु हुनुका नाताले चाडपर्व को नाममा  सार्वजनिक बिदा दिने गरिएको थियो जुन कालान्तरमा हटाइयो, यसरि बिदै हटाउनु भनेको उचित होइन।  मुस्लिम रास्ट्रहरुलाई आधार मान्ने हो भने उनीहरुले हरेक आफ्नो चाडलाइ उतिकै महत्वको साथ् मनाइरहेको हुन्छन तर व्यवस्थित तवरमा।  "रमादान" लाइ उदाहरहण लिने हो भने मुस्लिमले १ महिनासम्म मनाउछन, तर त्यतिबेला सबै कार्यालय हरु आधा दिन संचालन हुञ्छन।  जसले दैनिक कार्य सम्पादन मा कुनै असर पारेको देखिदैन। हामि पनि हाम्रा मौलिक चाड हरु यसरि नै व्यवस्थित गर्न सक्छौ।  राम नवमी, माघे संक्रान्ति, कुशे औशी, शिवरात्रि  आदि पर्वहरुमा आधा दिन कार्यालय संचालन गर्न सक्छौ, त्यसदिन दिउसो १२ बजेदेखि साझा ५ या ६ बजेसम्म कार्यालय अबधि तोकिदा कसैलाई असर पर्दैन होला सायद, यसले अरु धर्म मान्ने हरुलाई पनि खासै इरिटेसन गर्दैन। ल्होसार, गौरा पर्व आदि पर्वहरुमा स्थानीय बिदा दिन सकिञ्छ।  आफ्ना साथै अरु धर्मका बिशेस चाडहरुलाई पनि सम्रक्ष्यित गर्नु राज्य को दायित्व हो।  समस्या नेपाल राष्ट्र हिन्दू धर्म सापेक्ष्य या निरपेक्ष्य भएर थिएन समस्या त अगी पहिल्याएको कोटको मैलोमा थियो। अर्काले गिज्यायो या गनायो भनेर कोट धुने प्रयत्न नगरि एक्कासी कोट नै मिल्काउने काम गर्यौ हामीले जुन ऐतिहासिक गम्भिर त्रुटी थियो जसलाई अझै नि सच्याउन सकिन्छ, साचै नै द्रिढ सन्कल्प गर्ने हो भने। मलाई लाग्दैन कि धर्म निरपेक्ष्यता घोषणा गर्दैमा माथि उल्लेखित शिक्षक ,ढोङी पूजारी अनी कथित कट्टर बाहुनबादीहरुमा परिवर्तन आउछ भनेर। धर्म निरपेक्ष्यता घोषणाले धार्मिक कोट त फालियो जसले अली अली गन्दकी पनि हटाउला तर बाचुन्जेल न्यानोपनको अभाब भने भै नै रहन्छ।    

संस्कृत भाषा, हाम्रा धार्मिक ग्रन्थ अनी हाम्रो संस्कृति संसारमै अलौकिक छ्।   ४ बेदले ४ छुट्टै बिधा ( राजनीतिक, आर्थिक, चिकित्सा(आयुर्बेद) र कला) को प्रतिनिधित्व गर्छन। गीताले यथार्थ जिन्दगिको विभिन्न समस्या र त्यसबाट कसरि उन्मुक्ति पाउन सकिन्छ भनेर मार्ग निर्देशित गरिरहेको हुञ्छ।  यि ग्रन्थहरु पढ्न/ बुझ्न/ बुझाउन कुनै थर बिशेष हुनु जरुरी छैन, यो राज्यको दाइत्व हो कसरी आफ्ना धार्मिक र सांस्कृतिक सम्पदालाई जिवन्त राख्ने अनी सबैमा यसको महत्व झल्काउने भनेर।
एसिडलाई आफु अनुकुल प्रयोग गर्न खोजियो भने त्यसले जलाउछ, एसिड प्रयोग गर्ने हो भने एसिड्को बिशेषता अनुरुप हामीले आफु र आफ्नो उद्देस्य लाई परिवर्तन गर्न सक्नु पर्छ अनी मात्रै त्यसबाट फाईदा लिन सकिन्छ। त्यही भएर धर्म को उपहास नगरौ। धर्मको बुझाईमा भएका त्रुटिहरु हटाउन सबै ऐक्यबद्द होउ, तमाम बिसंगती लाई हटाउन सकियो भने नेपाली-नेपाली जोड्ने एक सक्तिसाली कडी बन्ने छ हाम्रो सनातन हिन्दु धर्म। यसलाई तोड्मोड गर्ने नि हामी नै हौ अब यसलाई सच्याउने जिम्मा नि हाम्रै काधमा छ, बिगतलाई सम्झेर कसैले यसमा लाजमान्नु पर्ने कुरै छैन।

विश्वास बाबु पोखरेल
दोहा, कतार

 
Email us: