Nepal The Wonder Land in The Earth

Nationality: Nepal

जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी...

नेपाली गाउँले...

On the way to GOSAIKUNDA, RASUWA, NEPAL

समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Wednesday, August 8, 2012

यो कस्तो बिडम्बना हो??

सन् १८१५ मा सुरुभएको औद्योगिक क्रान्तिले धेरै देशलाइ आर्थिक सम्ब्रिद्दिको एउटा बलियो आधार दिलायो /औद्योगिक क्रान्तिको दौरान सायद उनिहरुसंग त्यति धेरै प्राकृतिक श्रोत र साधन थिएनन् होला जति श्रोत र साधन अहिले नेपालमा छ/ सन् १९४५ सम्म आइपुग्दा कति रास्ट्रले प्रथम र दोश्रो बिस्वयुद्द अनि अन्य विभिन्न आन्तरिक द्वन्द र राजनीतिक क्रान्तिको सिकार भएर पनि धेरै हदसम्म औद्योगिक विकास गरिसकेका थिए, औद्योगिक क्रान्तिमा लागेका देशहरुले आफु संग भएका सिमित श्रोत र साधनलाई राम्रै संग चिने अनि उपयोग पनि त्यहि अनुशार गरे यसलाई त्यहाँका शासनबर्गको कार्यकौशलता अनि देश प्रतिको माया नै ठान्नुपर्ला ,जबकी नेपाल त्यतिबेला सम्म पनि प्रथम र दोश्रो बिस्वयुद्द जस्ता डरलाग्दा भीसण नरसंहारले भरिएका कहानी बाट टाढै थियो भने शाषकबर्गको आन्तरिक शोषणले नेपालीको चेतना र परिवर्तनको चाहनालाई दरै संग बाँधेको थियो / सन् १९४५ पश्चात अधिकांग्स पास्चात्य मुलुकहरुले आफ्नो ध्यान सूचना र प्रविधिको बिकासमा खर्चिए जसले संसारमै मानब जिबनसैलीलाइ नसोचेको परिवर्तन दिलायो / अझै पनि सुन्दा अचम्म लाग्छ सन् १९६० को दशकमा द. कोरिया लाइ खाद्य सङ्कट पर्दा नेपालले ट्रक का ट्रक खाद्यान्य सहयोग गरेको थियो रे, तर आज कर्णालीका कतिपय जनता १ के.जी.राम्रो चामलको लागि हप्तौं धाएर कमिसन मिसिएको कमसल चामल लान बाध्य छन् भने हजारौं  शिक्ष्यित युवाहरु त्यहि कोरियामा कृषि र उद्योगको कडा काममा जानका लागि लामो लाम लाग्न पाउँदा पनि हाँसेकै छन् / शोसक र सामन्तीको बिरुद्दमा भन्दै नेपालमा जति आन्दोलन अन्य देशमा कमै भए होलान, त्यस दौरान धेरै नेताका जीवनशैली परिवर्तन भएहोलान, धेरै कर्मचारीले आफ्नो भुँडीको ब्यास बढाए होलान, सिमित घर-घरानाले आफ्ना आउँदा पुस्ताको जीवनशैली आफ्नै पालामा सुनिस्चित गरे होलान, तर एक आम नेपाली जो गरिब थियो झन् गरिब भएको छ,  स्वाभिमान ठान्थ्यो आफुलाई तर अहिले आफ्नो परिचय धुम्मिएको नेपाली राज्नितिमाझ खोजिरहेको छ, वीर गोर्खाली भन्थ्यो आफुलाई तर आफ्नो बिरतालाइ लछार-पछार पार्दा पनि टुलु-टुलु नियालिरहेको छ / नेपालको प्राकृतिक श्रोत र साधनलाई सुचिकृत गर्ने हो भने सायद यी पाना कम होलान, तर जतिनै भएपनि चालक नै खराब नियतको भएपछी गाडी जति नै राम्रो होस्, यात्रुको केहि चल्दो रहेनछ / यतिका श्रोत र साधनका बाबजुत अहिलेको नेपालको अवस्था २१ औं सताब्दिमा यहि पृथ्वीमा अटाएको कुनै रास्ट्रको अवस्था हो भन्यो भने पश्चिमा देशका स्कुले बिद्यार्थी हरुका लागि हाम्रा हजुरबुवा हरुले सुनाउनुहुने सुन्दर एकादेशको कथा भन्दा फरक नहोला / प्रकृतिले आफ्ना सारा कुरा दियिन तर यो देशको कर्मले एउटै सच्चा नेता दिएन, यहि भनेर त चित्त बुझाउने होला नि अब / कहिलेकाहीं धिक्कार लाग्छ तलका दैनिकीहरु सम्झनुपर्दा:  
  • संसारमै जलश्रोतको दोश्रो धनि देश, जहाँका गाउँमा अझैपनि स्वच्छ पिउनेपानीको चरम अभाब छ भने सहरमा महँगो पैसा खर्च गरेर पानि पिउनुपर्छ,
  • कृषि-प्रधान देश जहाँका लगभग ७०% जनता कृषि पेसामा निर्भर छन्, तर बिडम्बना आजसम्म पनि चामल, दाल, तेल लगायतका सामानको भाउ घट्यो है भनेको सुन्न पाउनुछैन /
  • ८३ हजार मेगावाट बिजुली उत्पादनको क्श्यमता राख्ने देश, जहाँ खोलाभारी अटाइ-नअटाइ पानि हुँदापनि दैनिक ५ घन्टाको लोडसेदिंग खप्नुपर्ने, तर नेताले अन्धकारमै भएपनि बिना बत्तिको माइक्रोफोन मा १० बर्षमा दस हजार मेगावाटको भासण दियिरहेका हुन्छन भने तिनका कार्यकर्ता चन्दाको निउमा बन्दै गरेका हाइड्रोपावरहरु बन्द र तोडफोड गर्न पनि पछी परेका हुँदैनन्  /
  • बिद्यार्थी जो कलम र बिचारको माध्यमले समाज र रास्ट्र को ज्योति बन्नुपर्ने, तर आफु अरुको पुच्छर बनेको चाल नपाइ आफ्नो स्व-बिबेकलाइ आफैंले कुल्चेर कलमको धर्म बिर्षदै इट्टा र ढुंगा उचाल्न उद्दत छ/
  • कुनै बेला वीर गोर्खालीले कहलिएको देश, आजको २१ औं सताब्दिमा पनि बर्षेनी झाडा-पखालाले मरेको समाचार संचार माध्यमको प्रमुख समाचार बनिरहेका हुन्छन /
  • कर्मचारी जसले गरिबको थोपा-थोपा पसिना बाट संकलित पसिना बाट आफ्नो परिवार पालिरहेको छ, तर त्यहिँ गरिब उ संग काम लिएर जाँदा नचिनेको नाचिन्यै गर्छ/
  • आफुलाई क्रान्तिकारी भनाउने जसले हजारौं निमुखालाई सुन्दर काल्पनिक संसारको सपना देखाएर आपसमा लडाएर सखाप पारे, अहिले आफैं करोडौं पर्ने क्रान्तिकारी गाडी चढेर हिड्छन, त्यतिनै बराबरको क्रान्तिकारी खाटमा सुत्छ्न, त्यतिनै पर्ने क्रान्तिकारी झुपडीमा बस्छन तर तिनीहरुलाई त्यहाँ पुर्याउने भर्यांग अहिले कहाँ र कस्तो अवस्थामा छन? अहँ, सबै भुलिसके तिनै क्रान्तिकारी मिठा लाग्ने भासन संगै. /
  • आकारको हिसाबले अरु भन्दा साह्रै सानो देश, तर च्याउ सरि उम्रिएका राजनीतिक दल जो कमसल सिशा सरि फुटीरहन्छन तिनका सबै नेताहरुलाई जनताले पखाला लागेको बेला जिबनजल पनि खान नपाइ-नपाइ आजीवन पाल्नुपर्ने/
  • यहाँ युवा जो संग देश हाक्न सक्ने सामर्थ्य हुन्छ, हरेक कुराको रचनात्मक समाधान खोज्न सक्ने तागत हुन्छ, त्यो सामर्थ्य र तागतलाइ आपशी झगडाको चक्रब्युहमा फसाइरहेका छन भने जसको सोच्ने क्ष्यमता आफ्नो घर-परिवार भित्रै मात्र सिमित भैसक्यो, नयाँ काम गर्ने आँटहरु उनीहरुको दांतसंगै झरिसके, भबिस्य देख्ने क्ष्यमता उनीहरुको आँखाको दृस्टी संगै गैसक्यो जसलाई अब केवल आरामको आवस्यकता छ, तिनैको पछ्यौटे बन्नमानै आफ्नो सफलता ठानिरहेका छन् भरपुर जोस र जाँगरले भरिएका युवाहरु........
यो कस्तो बिडम्बना हो??, यहाँ नेता जनताको सेवा गर्न जन्मन्छन कि रगत चुस्न, छिमेकीहरु बिकासको प्रतिस्पर्धामा दौडिरहेका बेला के हाम्रा नेताहरुचाही कुर्शिकै पछी दौडिरहने हो?? के यस्तै परिस्थिति आइरहे भोलिका दिनमा पनि नेपालि भन्दै गर्व गर्न पाइएला ?? के अब संधै आन्दोलन नै मात्र गरिरहने अनि सहिद हुनुमै गौरवान्वित भैरहने???? सधैं आफ्नै स्वार्थको पछी मात्रै दौडिरहने, के नेपाली हुनुका नाताले अलिकति पनि रास्ट्रप्रतिको दायित्व छैन र हाम्रो????
सोच्ने बेला आएन र!!!!!!!!!!!!!!!!!!!!!!!!!!

 
Email us: